अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकी अधिवेशन: मतदान सुरु, शर्मा र अधिकारीबीच प्रतिस्पर्धा

एमाले गण्डकी अधिवेशन: मतदान सुरु, शर्मा र अधिकारीबीच प्रतिस्पर्धा


पोखरा-नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन अन्तर्गत मतदान सुरु भएको छ। केहीबेर अघिदेखि मतदान सुरु भएको निर्वाचन संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिनुभयाे।

अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि छन्। अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ।

 हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन छ।

अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मी आचार्य, महिला उपसचिवमा मीना गुरुङ र अर्को उपसचिवमा  सन्तोष रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलले  साथ दिनुभएको छ। 

शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, महिला उपसचिवमा मञ्जु अधिकारी र अर्को उपसचिवमा दामबहादुर विकले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शर्माको समूहलाई उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव गुरुङ, सचिव पद्या अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङले साथ दिनुभएको छ।