अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

नेकपा एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी


पोखरा -नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी हुनु भएको छ ।

लमजुङका मायानाथ अधिकारीलाई १६६ मतले पछाडि पार्दै प्रदेशको प्रथम अधिवेशनबाट शर्मा अध्यक्ष चयन हुनु भएको हो । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो ।
शर्मालाई उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ थियो । अध्यक्षमा शर्मा विजयी हुँदा उपाध्यक्षसहित सबै पदाधिकारीमा पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ १९२ मतले विजयी बन्दा नवलपुरका बाबुराम विकले ३४२ मत प्राप्त गरी पराजय बेहोरे । मीनले ५३४ मत ल्याएका थिए । सचिवमा नवराजपक्षीय लमजुङका धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आयो ।

महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी ५३१ मतसहित विजयी हुनुभयो । अधिकारीकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मत मात्र आयो।
कास्कीका दामबहादुर विक र म्याग्दीका सन्तोष रावलबीच अर्को उपसचिवमा भएको प्रतिष्पर्धामा विक ५२० मत सहित विजयी हुनुभयो । रावलको पक्षमा ३६७ मत मात्र आयो ।