अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने


 काठमाडौँ–नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौँमा हुँदैछ । पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।

अधिवेशनको तयारी पूरा भएको एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले जानकारी दिनुभयो । 

अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्नुहुने भएको छ । 

उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क)बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिने भएको छ ।

कुल ३०४ प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।