अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेविरुद्ध बनाइएको समाजवादी मोर्चाको औचित्य छैन : उपमहासचिव गुरुङ

एमालेविरुद्ध बनाइएको समाजवादी मोर्चाको औचित्य छैन : उपमहासचिव गुरुङ


काठमाडौँ–नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेविरुद्ध बनाइएको समाजवादी मोर्चाको औचित्य नरहेको बताउनुभएको छ । गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उहाँले प्रचण्ड–माधव समूहले एमालेविरुद्ध बनाएको समाजवादी मोर्चाको भण्डाफोर गर्नुभयो । 

उपमहासचिव गुरुङले मिसन २०८४ मा लाग्न पार्टीपङ्क्तिलाई निर्देशन दिनुभयो । उहाँले प्रतिस्पर्धाको प्रक्रिया सकिएर पार्टीमा उन्नतस्तरको एकता सुरु भएको दाबी गर्नुभयो ।  

उहाँले भन्नुभयो,हाम्रो पार्टीभित्र दुई खाले गलत धारणा छन् । चुनावले पार्टी फुट्छ भन्ने एउटा गलत धारणा र मनोनयनले वा सर्वसम्मतिले नेतृत्व निरंकुश हुन्छ भन्ने दुवै सोच गलत हुन् । एमाले उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टी हो,अब चुनावबाट नयाँ नेतृत्व चयनसँगै हामी एकजुट भइसकेका छौ ।  

उपमहासचिव गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा एमालेले मिसन २०८४ अभियान सफल बनाउने बताउनुभयो ।