अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सदभाव बिथोल्नेबाट सचेत रहौं: प्रदिप ज्ञवाली

सामाजिक सदभाव बिथोल्नेबाट सचेत रहौं: प्रदिप ज्ञवाली


बाँकेनेकपा (एमाले)का उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्रविरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ। 

एमाले बाँकेले पालिका कमिटीका पदाधिकारीका लागि आयोजना गरेको तीन दिने आधारभूत तहको स्कूलको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो। 

मुलुकभित्र सामाजिक तथा धार्मिक सद्भाव खलबल्याएर अशान्ति मच्चाउन खोज्नेविरुद्ध आम नागरिक एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो। उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘नेपालगञ्जमा सामाजिक तथा धार्मिक सदभाव कायम राख्न दुबै पक्षका धार्मिक अगुवा, नागरिक समाजका अगुवा, राजनीतिक दल र आम नागरिकको भूमिका प्रशंसनीय छ।’ 

राजनीतिक अधिकार प्राप्तीको मिसन पूरा भएको भन्दै ज्ञवालीले अबको मिसन समृद्ध देश बनाउने रहेकाले यसका लागि बलियो राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता पर्ने बताउनुभयो। 

उहाँले सरकार टिकाउन बर्तमान सरकार विभिन्न शक्ति केन्द्रसँग झुकेको भन्दै राज्य सन्तुलित बन्न नसक्दा राष्ट्रियता नै जोखिममा परेको दावी गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले युवा शक्तिहरु स्वदेशमा अवसर नपाइने अवस्थाले विदेश पलायन भइरहेको भन्दै यसबाट नागरिकमा तिव्र आक्रोश देखिएको बताउनुभयो। 

एमालेका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश स्कूल विभागका संयोजक लक्ष्मण ज्ञवालीले बलियो पार्टीका लागि स्कूल विभाग बलियो हुनुपर्ने मान्यताका साथ नियमित र ब्यविस्थत स्कूल सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले बाँके, दाङ र बुटवलमा केन्द्र राखेर प्रदेशका स्कूल सञ्चालन गरिने बताउनुभयो ।