अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको एकल बहुमतको सरकार लागि ‘मिसन-८४’: ईश्वर पोखरेल

एमालेको एकल बहुमतको सरकार लागि ‘मिसन-८४’: ईश्वर पोखरेल


काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले इमानदार र अनुशासित कार्यकर्ता बनाउनु पर्ने बताउनुभएको छ।   

नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले बाहिर हेर्दा एमाले देखिने तर भित्र खाली हुने स्थिति आउन नहुने बताउनुभयो। पार्टीका नेताहरू पार्टीको काममा जोडिनु पर्ने बताउनुभयो । 

नेकपा एमाले मिसन २०८४ को कुरा गरिहरेको बताउँदै पोखरेलले मिसन २०८४ सँग मिसन २०५१ पनि जोडिएको बताउनुभयो। २०८४ को निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको उहाँले सुनाउनुभयो । ‘मिसन २०८४ हाम्रो यति बेलाको लक्ष हो’, उहाँले भन्नुभयो । 

मुलुकमा राजनीतिक स्थिरता नहुँदा देश विकासको चाहन सफल नभएकोले त्यसको लागि राजनीति स्थिरता आवश्यक रहेको उहाँले बताउनुभयो। एमालेले बहुमत प्राप्त गरेपछि राजनीतिक स्थिरता कायम हुने उहाँले प्रष्ट पार्नुभयो।