अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनका कारण समृद्धिको यात्रा गन्तव्यमा पुग्न सकेन: शंकर पोखरेल

गठबन्धनका कारण समृद्धिको यात्रा गन्तव्यमा पुग्न सकेन: शंकर पोखरेल


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताउनु भएको छ। उहाँले यो गठबन्धन सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्न नसकेको आरोप लगाउँदै सरकारका कारण नै मुलुकको अर्थतन्त्र सङ्कटतर्फ धकेलिएको बताउनु भयो।

एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले साे कुरा बताउनु भएको हो ।

उहाँले हालैका दिनमा देशमा मूल्यवृद्धि आकासिएको भए पनि सरकारले महँगी नियन्त्रणमा कुनै प्रभावकारी कदम चाल्न नसकेको बताउनु भयो।

महासविच पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने तर्क गर्नुभयो।

उहाँले विगतमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धि र विकासका लागि निर्वाह गरेको भूमिका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भए पनि नेकपाको विभाजन र एमालेविरोधी गठनबन्धनका कारण उक्त यात्रा गन्तव्यमा पुग्न नसकेको उल्लेख गर्नुभयो।

महासचिव पोखरेलले एमालेका सबै कमिटी र सङ्गठनले आगामी २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाई समृद्धि र विकासको यात्रालाई पूरा गर्ने बाटोमा लाग्न आह्वान गर्नुभयो।