अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा हिक्मत कार्कीको सरकारले आज विश्वासको मत लिने

कोशीमा हिक्मत कार्कीको सरकारले आज विश्वासको मत लिने


काठमाडौं -कोशी प्रदेशको सरकारले आज विश्वासको मत लिने कार्यसुची छ । सर्वोच्च अदालतले गठबन्धनको सरकारलाई अवैधानिक भन्दै खारेज गरेपछि मुख्यमन्त्री नियुक्त हुनु भएका एमाले संसदीय दलका नेता हिक्मतले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने गर्ने तयारी छ । भदौ २१ गते सर्वोच्चले थापालाई बर्खास्त गरेपछि भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । संविधानको धारा ३ अनुसार नियुक्त हुनु भएका कार्कीलाई राप्रपाको साथ छ ।
मुख्यमन्त्री कार्कीले अन्य दलसँग पनि विश्वासको मतका लागि सघन छलफल गरिरहनु भएको छ । यो सरकारले विश्वासको मत पाउन नसके प्रदेशमा मध्यावधी निर्वाचनको सम्भवना प्रवल रहने भएकोले त्यसलाई टार्नका लागि पनि काँग्रेस,माओवादी र एकिकृत समाजवादीसँग कार्कीले सघन छलफल गरेर आफ्नो पक्षमा बहुमत पुर्याउने कोशीश जारी छ । एमालेसँग उपसभामुख बाहेक ३९ जनास साँसद छन् । राप्रपाका ६ जनागरी ४५ जना साँसद कार्कीको पक्षमा छन् । अब दुईजना साँसदको साथ पाए कार्कीले विश्वासको मत पाउन सक्छ ।