अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा प्रदेशसभा सदस्यहरुलाई पत्राचार

आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा प्रदेशसभा सदस्यहरुलाई पत्राचार


काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलका प्रदेसभा सदस्यलाई अनुरोध गर्द पत्राचार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसुची छ । ‘प्रस्तुत विषयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन सहित)को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईंको दलसमक्ष हार्दिक अनुरोध गर्दछु’, कार्कीले पत्रमा भनेका छन्, ‘साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनुभएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवं सद्‌भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु।’