अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिम अधिवेशन : बन्दसत्र सुरु, नेतृत्वका लागि सर्वसहमतिको प्रयास जारी

एमाले सुदूरपश्चिम अधिवेशन : बन्दसत्र सुरु, नेतृत्वका लागि सर्वसहमतिको प्रयास जारी


काठमाडौँ–नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु भएको छ । हिजो धनगढीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनमा आज बन्दसत्र सुरु भएको हो । 

बन्दसत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफल हुने सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेशको नयाँ नेतृत्वका लागि सर्वसहमतिको प्रयास भइरहेको छ । सर्वसहमति नभएमा निर्वाचन हुने उहाँले जानकारी दिनुभयो । 

एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा तीन जनाले अध्यक्षमा आकांक्षा देखाउनुभएको छ ।  प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाउनुभएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन्। प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ।