काठमाडौँ–संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे बस्ने भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक, २०८० माथि छलफलमा उठेका प्रश्नको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।
सभामुखले विद्युत् विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया