काठमाडौं-नेकपा एमालेका सांसद अच्युत मैनालीले सीमान्तकृत समुदायले आफ्नो नाममा लालपुर्जा नहुँदा अंशबन्डा लगायतका दैनिक व्यावहारिक काम रोकिएको बताउनुभएको छ।
सङ्घीय संसद्को आजको बैठकमा बोल्दै मैनालीले यस्तै समस्याको समाधानका लागि सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशलाई अतिरञ्जना गरिएको बताउनुभएको छ।
सांसद मैनालीले बारा जिल्लामा २०२३ सालमा नाप जाँच भएको जग्गाको कित्ता काट पनि भएको,मालपोत अभिलेख पनि भएको तर हालसम्म पनि धनी पूर्जा नपाउँदा किसानहरू मारमा परेका मैनालीले बताउनुभयो। यस्तो समस्याका कारण जनताले शुक्र विक्री र अंशबन्डा समेत गर्न नपाएको भन्दै मैनालीले यो अवस्था अन्त्यका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले ६० वर्षमा पनि धनी पुर्जा नपाएका किसानले कहिले पाउलान् भनेर सरकारसँग प्रश्न पनि गर्नु भएको छ।
प्रतिक्रिया