अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम एमाले अधिवेशन: मंगलबार साँझ ५ बजेबाट मतदान हुने

सुदूरपश्चिम एमाले अधिवेशन: मंगलबार साँझ ५ बजेबाट मतदान हुने


काठमाडौं-नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ। 

सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार मंगलबार साँझ ५ बजे मतदान हुनेछ। आज राति ८ बजेबाट उम्मेदवारको दर्खास्त फारम वितरण गरिने छ।

भोलि बिहान ७ बजे बाट फारम दर्ता गर्ने अन्य निर्वाचन गतिविधि अगाडि बढाइने छ। हिजो उद्घाटन समारोह सकिएको थियो। अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनी त्यो सफल हुन सकेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो।

सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र कमल तिमिल्सिना तथा कञ्चनपुरका वचनबहादुर सिंहको दाबी छ। अहिलेसम्म उहाँहरूबीच सहमति भएको छैन।

सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो। निर्वाचन प्रक्रियासँगै नेतृत्वका आकांक्षीबीच सहमति खोज्ने प्रयास पनि जारी रहेको छ।