अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिम अधिवेशन : आज साँझदेखि मतदान, अध्यक्षमा तीन जनाको दाबी 

एमाले सुदूरपश्चिम अधिवेशन : आज साँझदेखि मतदान, अध्यक्षमा तीन जनाको दाबी 


काठमाडौँ-नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा आज मतदान हुने भएको छ । हिजो साँझ निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज साँझ ५ बजेदेखि मतदान हुन लागेको हो । 

निर्वाचन तालिकाअनुसार आज बिहान ७ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने र त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । 

यस्तै साढे १२ देखि २ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन समितिले जनाएको छ । साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। एमाले सुदूरपश्चिम निर्वाचन समितिले बेलुकी ५ बजेदेखि मतदान सुरु गर्ने बताएको छ । 

सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र कमल तिमिल्सिना तथा कञ्चनपुरका वचनबहादुर सिंहको दाबी छ। अहिलेसम्म उहाँहरूबीच सहमति भएको छैन।

सहमति नजुटेपछि निर्वाचन हुनलागेको हो । तर, सहमतिको प्रयास पनि जारी रहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो।

एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ।

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन् । अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।