अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ एमाले सुदूरपश्चिम अध्यक्षका आकांक्षीको राजनीति यात्रा 

यस्तो छ एमाले सुदूरपश्चिम अध्यक्षका आकांक्षीको राजनीति यात्रा 


काठमाडौँ–नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा तीन जनाले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ ।  

आइतबारदेखि धनगढीमा सुरु भएको प्रदेश अधिवेशनमार्फत नेतृत्वमा पुग्न हाल प्रदेश उपाध्यक्ष रहेका कमल तिमिल्सिना, सचिवालय सदस्यद्वय कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाउनुभएको हो । 

सर्वसहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि आज साँझ ५ बजेदेखि मतदान हुँदेछ । एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन् । अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

यस्तो छ आकांक्षीहरुको राजनीनि 

कमल तिमिल्सिना

एमाले सुदूरपश्चिम अध्यक्षमा अछामका कमल तिमिल्सिनाले आकांक्षा देखाउनुभएको छ । बान्नीगढी जयगढ– ४ का तिमिल्सिना २०४३ बाट राजनीतिमा लाग्नुभएको हो । २०४४ सालमा अखिलको अछाम–काठमाडौं सम्पर्क समितिको अध्यक्ष हुनुभएको थियो ।

उहाँ २०४७ बाट जिल्ली कमिटी सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै २०६६ देखि २०६८ सम्म जिल्ला अध्यक्ष हुनुभएको थियो।

त्यसपछि पार्टीको तत्कालीन अञ्चल कमिटी सदस्य हुनुभयो। अहिले उहाँ प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ ।

कृष्णप्रसाद जैसी

अछामको मेल्लेख गाउँपालिका–६ का कृष्णप्रसाद जैसी अहिले एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ ।

उहाँ २०७९ को प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर १ ९ख० बाट उम्मेदवार बन्नुभएको थियो । तर उहाँ पराजित हुनुभयो । 

उहाँ सानै उमेरदेखि एमालेको राजनीतिमा लाग्नुभएको हो । 

बचनबहादुर सिंह

एमाले सुदूरपश्चिम अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहको पनि दाबी छ । उहाँ २०५० सालपछि विद्यार्थी राजनीतिबाट एमालेमा आबद्ध हुनुभएको हो । 

उहाँका बुवा मीनबहादुर सिंह २०५४ सालमा निर्विरोध वडा अध्यक्ष बन्नुभएको थियो । बुवाको प्रेरणा र एमालेको विचार, सिद्धान्तबाट प्रेरित भएर उहाँ राजनीतिमा लाग्नुभएको हो ।  

उहाँले विद्यार्थी संगठनका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ ।  

२०७९ को निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेश सभा ९क० बाट उम्मेदवार बन्नुभएका उहाँ  पराजित हुनुभएको हो ।