अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायल घटनाअघि बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएको भन्दै सांसद पन्तको आपत्ति

इजरायल घटनाअघि बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएको भन्दै सांसद पन्तको आपत्ति


काठमाडौँ–नेकपा एमालेका सांसद रघुजी पन्तले इजरायल घटना अघि बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सांसद पन्तले बेग्लै प्रश्नमा बोलेको कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडियो बनाएर प्रचार प्रसार गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले यस्ता भिडियो तत्काल हटाउन पनि माग गर्नुभएको छ । 

उहाँले भन्नुभएको छ,’मेरो भनाइलाई काँटछाँट गरी त्यसरी गलत अर्थ लाग्ने भिडियो बनाई प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिको भावनामा चोट पर्न गएको भए त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछु र कसैलाई पनि चोट पुर्‍याउने मेरो भनाइ नभएको कुरा व्यक्त गर्दछु ।’

सांसद पन्तले इजरायनमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न र मारिएका नेपालीहरुको परिवारलाई इजरायली सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।