अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिममा जुटेन सहमति, मतदान गर्ने तयारी 

एमाले सुदूरपश्चिममा जुटेन सहमति, मतदान गर्ने तयारी 


काठमाडौँ–नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान हुने सम्भावना बढेको छ । 

अध्यक्ष मण्डलले हिजो राति प्रस्ताव गरेको नाममा सहमति हुन नसकेपछि एमाले सुदूरपश्चिम अधिवेशनमा मतदान हुने सम्भावना बढेको हो । 

यसैबीच निर्वाचन समितिले अर्को कार्यतालिका सार्वजनिक गरेको छ ।  

हिजो राति प्रकाशन गरिएको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताको समय आज बिहान ८ बजेसम्मलाई तय गरिएको छ । बिहान ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १ देखि अपराह्न ४ बजेसम्म निर्वाचनको समय निर्धारण गरिएको छ । एमाले सुदूरपश्चिममा ६ सय ५७ जना प्रतिनिधि रहेका छन्।

एमाले एक नेताका अनुसार अध्यक्ष मण्डलले केन्द्रको निर्देशनअनुसार चुनाव नगरी सर्वसम्मत नेतृत्व छान्न प्रारम्भिक खाका तयार परेको थियो । 

ती नेताका अनुसार अध्यक्ष मण्डलले केन्द्रको निर्देशनअनुसार चुनाव नगरी सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरेको हो ।  

एक नेताका अनुसार कमल तिमिल्सिनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने र कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको मस्यौदा तयार भएको थियो । यसअघि पार्टी महासचिव शंकर पोखरेलले पनि अध्यक्षका आकांक्षी तिमिल्सिना, जैसी र बचनबहादुर सिंहलाई राखेर छलफल गर्नुभएको थियो । तर त्यसमा नेताहरुले नमानेपछि आज मतदान गर्ने तयारी गरिएको छ । 

अध्यक्ष मण्डलले मंगलबार राति उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्दलाई बनाउने गरी खाका तयार पारेको थियो । त्यस्तै खुला उपसचिवमा कैलालीका नेपालु चौधरी र महिला उपसचिवमा कञ्चनपुरका कलसा महरालाई प्रस्ताव गरिएको छ।

अधिवेशनले १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ।