अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता रिजालको प्रश्न–स्थानीय तहका कर्मचारीका माग सुन्न कति समय लाग्ने हो ?

नेता रिजालको प्रश्न–स्थानीय तहका कर्मचारीका माग सुन्न कति समय लाग्ने हो ?


काठमाडौँ–नेकपा एमालेका नेता विष्णु रिजालले स्थानीय तहका कर्मचारीका माग सुन्न कति समय लाग्ने हो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले यस्तो बताउनु भएको हो । 

‘जायज माग पूरा गर्न पनि आन्दोलन नै गर्नुपर्ने हो ? तोडफोड, चक्काजाम र बन्द गरे मात्रै सरकारले देख्नेरसुन्ने हो ?’, उहाँले लेख्नुभएको छ,’केही दिनअघि शिक्षकले राजधानी अस्तव्यस्त बनाएपछि बल्ल ब्युँझिएको सरकारलाई स्थानीय तहका कर्मचारीका माग सुन्न अझै कति समय लाग्ने हो ?’

नेता रिजालले देशभरका स्थानीय तह प्रभावित हुँदा पनि कर्मचारीसँग संवाद नगर्ने सरकारको रवैया खेदजनक रहेको बताउनु भएको छ । 

उहाँले लेख्नुभएको छ,’स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएको दुई साता पुग्न लाग्दा पनि सरकारले कुनै सुनुवाइ गरेको छैन । उल्टो, उनीहरुमाथि प्रहरी लगाएर दमन गरिरहेको छ ।’

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी स्थानीय तहका कर्मचारी दुई सातादेखि आन्दोलनमा रहेका छन् ।