अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेस प्रदेश अधिवेशन : निर्वाचनको प्रक्रिया सुरु, सर्वसहमतिको प्रयास जारी

एमाले मधेस प्रदेश अधिवेशन : निर्वाचनको प्रक्रिया सुरु, सर्वसहमतिको प्रयास जारी


काठमाडौँ–नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनमा आजदेखि निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ । हिजोदेखि सुरु भएको अधिवेशनको बन्दसत्र सकिएसँगै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको हो । 

अधिवेशनको हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । राति ८ बजे सुरु भएको बन्दसत्रले राजनीतिक र सांगठनिक प्रतिवेदन सुझावसहित पारित गरेको हो । 

अधिवेशनमा एक हजार २७ प्रतिनिधि छनोट हुनुभएको छ । मधेस प्रदेशमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको र सहमति नभए निर्वाचन हुने  जनाइएको छ । 

बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बसेर सहमतिको प्रयास गर्ने तयारी भएको छ।

ईश्वर पोखरेल, शंकर पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरू बसेर सर्वसहमतिको प्रयास गर्ने तयारी रहेको बताइएको छ ।