अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एमाले सुदूरपश्चिममा जुटेन सहमति, मतदानका लागि मतपत्र छपाइ हुँदै

 एमाले सुदूरपश्चिममा जुटेन सहमति, मतदानका लागि मतपत्र छपाइ हुँदै


काठमाडौँ–नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन गर्ने तयारी थालिएको छ । जारी अधिवेशनमा उपसचिवमा सहमति जुट्न नसक्दा निर्वाचनको तयारी थालिएको हो । 

एमाले सुदूरपश्चिमको अध्यक्षका लागि कृष्ण प्रसाद जैसी र भरत साउदको उम्मेदवारी कायमै रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिनुभयो । दुई जनाको उम्मेदवारी कायम रहेपछि मतदान हुने उहाँले जानकारी दिनुभयो ।  

निर्वाचन अधिकृत पालले मतदानको लागि मतपत्र छपाएको काम भइरहेको बताउनुभयो ।अध्यक्षमा उम्मेदवारी दिनुभएका कमल तिमिल्सेना र  बच्चन सिंहले उम्मेदवारी फिर्ता लिनुभएको छ । 

यसैबीच सहमतिको प्रयासमा पाँच दिन बितेपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी आएका प्रतिनिधिहरू घर फर्किन लाग्नुभएको छ ।