अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिममा पदाधिकारी सर्वसहमतिमा चयन

एमाले सुदूरपश्चिममा पदाधिकारी सर्वसहमतिमा चयन


काठमाडौँ–नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा सर्वसहमतिमा पदाधिकारी चयन भएका छन् । आज पाँचै पदाधिकारीमा सर्वसहमति भएको हो ।  

जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर बिक र  भागरथी विष्ट सर्वसम्मत हुनुभएको हो ।   

अध्यक्षमा भरत साउदले आज उम्मेदवारी फिर्ता लिएपछि जैशी सर्वसम्मत हुनुभयो भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत हुनुभएको हो ।  

यस्तै आजै सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिँदा चन्द र अशोक चन्दले उम्मेदवारी फिर्ता लिँदा बिक सर्वसम्मत हुनुभएको हो । 

नेतृत्व सर्वसहतिमा चयन गर्ने भन्दै एमाले सुदूरपश्चिमको अधिवेशन लामो समयसम्म लम्बाइएको थियो ।