अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महावीर पुनको जीवन कथामा आधारित पुस्तक असोज २८ देखि उपलब्ध हुँदै

महावीर पुनको जीवन कथामा आधारित पुस्तक असोज २८ देखि उपलब्ध हुँदै


काठमाडौं-राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यही असोज २८ गते आइतबार आफ्नो जीवन कथामा आधारित पुस्तक सार्वजनिक गर्ने भएका छन्।

बिहीवार सामाजिक सञ्जालमा पुस्तकको कभर फोटो सार्वजनिक गर्दै उहाँले पुस्तकबारे जानकारी दिनुभएको हाे। 

पुनले ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ नाममा सो पुस्तक उपलब्ध हुने जानकारी गराउनु भएको छ। यसअघि अनलाइनमार्फत प्रि-अर्डर गर्ने व्यक्तिहरूलाई आइतवार नै पुस्तक उपलब्ध गराउने पुनको भनाइ छ। सो पुस्तकको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र रहेको छ।

इच्छुक पुस्तक पसललाई पुनले स्वयंसेवकका रूपमा पुस्तक बिक्री गरिदिन समेत अनुरोध गर्नुभएको छ। ‘अहिलेसम्म मैले गरेका थुप्रै मूर्खतापूर्ण कामहरू जस्तै यो जीवन कथा लेख्ने काम पनि एउटा मुर्ख्याईँ नै हो,’ उहाँले फेसबुकमा लेख्नुहुन्छ, ‘यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ ।’

उहाँ लेख्नुहुन्छ, “वीरगन्जको कृषि औजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन।’