अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेसमा सर्वसहमतिको प्रयास जारी,  यी हुन् प्रस्तावित पदाधिकारी 

एमाले मधेसमा सर्वसहमतिको प्रयास जारी,  यी हुन् प्रस्तावित पदाधिकारी 


काठमाडौँ–नेकपा एमाले मधेस प्रदेशमा नयाँ नेतृत्व सर्वसहमति चयन गर्ने प्रयास जारी रहेको छ ।  

अधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि नेताहरुले सर्वसम्मत नयाँ नेतृत्वका लागि प्रयास गरिरहेका छन् ।

अध्यक्षसहित ५ जना पदाधिकारी सर्वसम्मत चयन गर्ने सम्भावना रहेको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ । सर्वसहमतिमा केही नेताले नमानेकाले आज थप छलफल गरेर टुंगोमा पुग्ने जनाइएको छ । 

अध्यक्षमा चन्देश्वर मण्डललाई सर्वसहमति गराउन छलफल चलिरहेको छ । यस्तै उपाध्यक्षमा विचारी यादव, सचिवमा शिवशंकर साह हिरा, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैसलाई सर्वसहमति गराउने प्रयास भइरहेको हो ।