अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक : मन्त्रीहरूले मौखिक तथा लिखित प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक : मन्त्रीहरूले मौखिक तथा लिखित प्रश्नको जवाफ दिने


काठमाडौँ–संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे  संसद् भवन बानेश्नरमा बस्ने भएको हो । 

आजको बैठकमा मन्त्रीहरूले मौखिक तथा लिखित प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

यस्तै ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।