अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ ग्रहण गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ ग्रहण गर्ने


विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ ।  प्रदेश प्रमुखको कार्यालयले आज मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम राखेको हो ।  

कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।  

नेपाली कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ जना सांसदले सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको हो ।