अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज प्युठान जानुहुँदै, स्वर्गद्वारी मन्दिरको दर्शन गर्ने 

अध्यक्ष ओली आज प्युठान जानुहुँदै, स्वर्गद्वारी मन्दिरको दर्शन गर्ने 


काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्युठान जाँदै हुनुहुन्छ । अध्यक्ष ओली आज २८ वर्षपछि प्युठान जान लाग्नुभएको हो । 

उहाँले सामाजिक सञ्जालमार्फत आफू आज प्युठान जान लागेको जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘स्वर्गजस्तै स्वर्गद्वारी ! आज वडा दसैँको घटस्थापनाको दिन पनि हो । दिउँसो प्युठान जाने तयारीमा छु, त्यता भेटौँ है ! शुभ बिहानी !’

यस्तै प्युठानबाट निर्वाचित एमाले सांसद सूर्य बहादुर थापाले अध्यक्ष ओलीले स्वर्गद्वारी मन्दिरको दर्शन गर्ने बताउनुभएको छ । उहाँका अनुसार अध्यक्ष ओलीले जिल्लास्तरीय अगुवा नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्ने र नौवहिनी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

अध्यक्ष ओली २८ वर्षपछि प्युठान जान लाग्नुभएको हो ।