अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा मुख्यमन्त्रीसहित चार जनाको शपथ तयारी, एमालेबाट २ र कांग्रेसका एक मन्त्री बन्दै

कोशीमा मुख्यमन्त्रीसहित चार जनाको शपथ तयारी, एमालेबाट २ र कांग्रेसका एक मन्त्री बन्दै


विराटनगर-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

कांग्रेसबाट नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज शपथपछि सोनो मन्त्रिमण्डल गठन गर्ने भएका हुन्।

एमालेबाट राम राना र एकराज कार्कीलाई शपथ गराइने भएको हो । कार्की अहिलेका भौतिक पूर्वाधारमन्त्रीसमेत हुन् । कांग्रेस ग्रेसबाट भने शमसेर राईले मन्त्रीको शपथ लिने छन् । प्रारम्भिक चरणको मन्त्री विस्तारमा गठबन्धन दलमा रहेका कसैलाई कार्कीले नराख्ने भएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी भएको छ । मुख्यमन्त्री काठमाडौं जानुअघि हिजो १-१ जना मन्त्री बनाउने सहमति भएको थियो ।