अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः अध्यक्ष ओली

एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताउनु भएको छ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हाे।

अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताउनु भयो ।

उहाँले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताउनु भयो। ओलीले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताउनु भयो। उहाँले आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको उल्लेख गर्नुभयो। 

अध्यक्ष ‌ओलीले कांग्रेसको कुनै नीति र विधि नरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौं। हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो। त्यसको आवधिक टार्गेट मिसन २०८४ हो। मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार। एकल बहुमतको सरकार कम्ति भनेको हामीले, यो नहुने भन्ने कुरै छैन।’