अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई नेता रिजालले भन्नुभयो–सेनाभित्र घुसपैठ गरे चर्को मूल्य पर्नेछ 

प्रचण्डलाई नेता रिजालले भन्नुभयो–सेनाभित्र घुसपैठ गरे चर्को मूल्य पर्नेछ 


काठमाडौँ– नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली सेनाभित्र घुसपैठ गर्न खोजे चर्को मूल्य पर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले चर्चामा आए जस्तै सेनाभित्र फेरि घुसपैठ गर्न खोजिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चर्को मूल्य पर्ने बताउनुभयो । 

‘इतिहास दोहोरिँदा मजाक मात्र हुन्छ भन्ने सूत्र त प्रचण्डलाई यादै होला । थपमा त्यो कठोर र भोग्न कठिन हुन्छ । यदि चर्चामा आए जस्तै सेनाभित्र फेरि घुसपैठ गर्न खोजिएको हो भने म्याद सकिन लागेका सेनापतिलाई उत्ताउलो भएर हटाउन खोज्दा २०६६ मा भोग्नु परेभन्दा चर्को मूल्य पर्नेछ’, नेता रिजालले लेख्नुभएको छ,  ‘किनकि, आजका प्रचण्ड हिजोका होइनन्, उनीसँग दाह्रा–नंग्रा छैनन् ।’