अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अस्पताल भर्ना

चीनमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अस्पताल भर्ना


काठमाडौँ–बीआरआई सम्मेलनमा भाग लिन चीन जानुभएका  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । अचानक छाती दुखेपछि उहाँ बेइजिङिस्थत अस्पतालमा भर्ना हुनुभएको हो ।  

वेइजिङस्थित नेपाली दूतावासका अनुसार उपप्रधानमन्त्री  श्रेष्ठलाई  गएराति १२ बजे हृदयाघात भएको हो । 

यस्तै उपचारमा संलग्न चिकित्सकले श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको बताएका छन्। श्रेष्ठको बेइजिङस्थित ‘पेकिङ युनिभर्सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ मा उपचार भइरहेको छ ।

श्रेष्ठको सचिवालयका अनुसार मुटुको एन्जीओप्लास्टी गरिएपछि अहिले उहाँको स्वास्थ्य अवस्था स्थित रहेको छ ।  उहाँलाई २४ घण्टासम्म अस्पतालमै अब्जर्भेसनमा राख्नुपर्ने बताइएको छ । 

 तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा सहभागी हुन श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बेइजिङ पुग्नुभएको थियो ।