अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली कात्तिक १८ गते वीरगञ्ज जाँदै

एमाले अध्यक्ष ओली कात्तिक १८ गते वीरगञ्ज जाँदै


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक १८ गते वीरगञ्ज जानुहुने भएको छ। 

मधेश प्रदेशको नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउन उहाँ वीरगञ्ज जान लाग्नुभएको हो। नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनबाट निर्वाचित कमिटीलाई कात्तिक १८ गते वीरगञ्जमा शपथग्रहण गराउने कार्यक्रम तय भएको छ। 

नवनिर्वाचित कमिटीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको छ। सो कार्यक्रमको व्यवस्थापन नेकपा एमाले पर्सा जिल्ला कमिटीले गर्ने भएको छ।  

पार्टीको मधेश प्रदेश अधिवेशन भने जनकपुरमा भएको थियो। २०८० असोज २४ देखि २७ गतेसम्म चलेको प्रथम अधिवेशनले चन्देश्वर मण्डलको अध्यक्षतामा पाँच पदाधिकारी सहित २३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो।