अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेपमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर

काभ्रेपमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर


काभ्रेपलान्चोककाभ्रेपलाञ्चोकको पनौती नगरपालिका-२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मङ्गलबार दिउँसो कुशादेवीबाट नयाँगाउँतर्फ पराल बोकेर जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको निसान ट्रक ब्रेक फेल दुर्घटना भएको हो । ट्रक सडकबाट करिब छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

दुर्घटनामा ट्रक चालक स्थानीय रबिन आचार्य र जिल्लाको बेथानचोक गाउँपालिका-२ का शिव बिक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनु भएका आचार्य र केसीलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनु भएकी बेथानचोक-२ कि सारदा तिमल्सिना टाउको, घाँटी र दुबै हात खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उहाँको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।