अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै

नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै


काठमाडौँ– नेपालको चारदिने भ्रमण आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै हुनुहुन्छ । 

नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेस आइतबार बिहान काठमाडौँ आइपुग्नुभएको हो ।  

उहाँले हिजो संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्नुभएको थियो ।  

त्यसअघि उहाँले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो । 

महासचिव गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गर्नुभएको थियो ।