अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी पूर्वसांसद उमा विश्वकर्मा एमालेमा प्रवेश

माओवादी पूर्वसांसद उमा विश्वकर्मा एमालेमा प्रवेश


काठमाडौँ–नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद उमा विश्वकर्मा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । कपिलवस्तुकी विश्वकर्मा हिजो माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । 

विश्वकर्मालाई हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराउनुभएको हो ।  

विश्वकर्मा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद हुनुभएको थियो । एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई गम्भीर धक्का लागेको बताइएको छ ।