अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी, शीर्ष नेताले सम्बोधन गर्ने

संसद्को अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी, शीर्ष नेताले सम्बोधन गर्ने


काठमाडौँ–संघीय संसद्को जारी वर्षे अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बसेर वर्षे अधिवेशन अन्त्य गर्ने सरकारले तयारी गरेको हो । 

यसबारे हिजो बसेको कार्यव्यवस्था समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय जानकारी समेत गराएको छ । सो बैठकमा आजको प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो ।  

अधिवेशन अन्त्यको दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु टेबुल गरिने, सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको सूचना सभाको स्वीकृतिको लागि पेस गर्ने लगायतका कार्यसूची रहनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ । 

आज बिहान ९ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले  अधिवेशन अन्त्यको निर्णय लिनसक्ने बताइएको छ ।