अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक बस्दै, विद्युत् व्यापार विधेयकको प्रतिवेदन पेस हुने

राष्ट्रियसभा बैठक बस्दै, विद्युत् व्यापार विधेयकको प्रतिवेदन पेस हुने


काठमाडौँ–संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न लागेको हो । 

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिलसिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।