अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशसभा बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

कोशी प्रदेशसभा बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी


काठमाडौँ–कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ । 

यस्तै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको हो । 

यसबारे निर्णय लिन एमालेले कोशी संसदीय दलको बैठक बोलाइएको छ । समर्थन फिर्ताको विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनबाट दुई मन्त्री नियुक्त गरेपछि एमालेका मन्त्री रामबहादुर मगरले राजीनामा दिनुभएको छ ।