काठमाडौं-यो वर्षको तिहारअन्तर्गत भाइटीकाकाे शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ।
‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदैछ। भाइटीका तिहारको महत्त्वपूर्ण र अन्तिम दिन हो ।
यो दिन विशेषगरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने चलन छ।






प्रतिक्रिया