अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशम चौधरीमाथिको रिटमा आज अन्तिम सुनुवाइ हुँदै

रेशम चौधरीमाथिको रिटमा आज अन्तिम सुनुवाइ हुँदै


काठमाडौँ–सरकारको सिफारिसमा आममाफी पाउनुभएका रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफीविरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले मुद्दा दायर गरेका गर्नुभएको थियो । 

सो मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुनुहुन्छ । 

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र एक दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतले जन्मकैदको सजाय तोकेका थिए ।