अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका एक हजार स्वयंसेवकले ५ हजार दिनमा एक करोडभन्दा बढीको श्रमदान गर्ने 

एमालेका एक हजार स्वयंसेवकले ५ हजार दिनमा एक करोडभन्दा बढीको श्रमदान गर्ने 

राहत वितरण पारदर्शी र निष्पक्ष बनाउन सरकारको ध्यानाकर्षण


काठमाडौँ–नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने भएको छ । हिजो बसेको एमाले सचिवालय बैठकले मंसिर १ गतेदेखि भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा एक हजार स्वयंसेवक खटाउने  निर्णय गरेको हो । एक हजार स्वयंसेवकले ५ हजार कार्यदिनमा एक करोडभन्दा बढी मूल्यको श्रमदान गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । 

भूकम्पमा घरबार गुमाएकाहरूको अस्थायी आवास निर्माणको लागि हामीले १ हजार स्वम्सेवकहरु मंसिर १ गतेदेखि खटाउँछौँ । हामीले ५ हजार कार्यदिन भन्दाबढी त्यहाँ खट्नेछौँ। एक करोडभन्दा बढी मूल्यको श्रम गर्नेछौँ’, उहाँले भन्नुभयो, हजारौँ टहराहरु बनाएर नागरिकहरुलाई न्यानो बसाइँको व्यवस्था गरेर फर्कन्छौँ ।’  

उपमहासचिव ज्ञवालीले यो कामको संयोजन पार्टीको कर्णाली प्रदेश कमिटीले गर्ने बताउनुभयो । उहाँले २०७२ सालको भूकम्पपछि ५० हजार स्वयंसेवक परिचालन गरेर तीन महिनाको बीचमा २७ हजार घरटहर बनाएर हस्तान्तरण गरेको बताउनभयो । 

उपमहासचिव ज्ञवालीले राहत संकलन भएपनि भूकम्प प्रभावितहरूले नपाएको भन्दै यसमा गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ राहत संकलन भएर पनि प्रभावकारी वितरण नभइरहेको । राहत डम्प भएको, नागरिकहरू चिसोमा भोकभोकै सुत्न बाध्य भएको तथा राहतमा पनि राजनीतिकरण भएको मात्रै होइन पछिल्लो समय त एक खालको विपत् पर्यटनजस्तो विपत् हेर्न जाने र सेल्फी खिच्न जानेजस्तो भयो ।’ 

एमालेले गम्भीर, निष्पक्ष र पारदर्शी ढंगले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।