अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका कैदीबन्दीद्वारा भूकम्पपीडितलाई सहयोग

झापाका कैदीबन्दीद्वारा भूकम्पपीडितलाई सहयोग


झापा-झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन्। कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताउनुभयो।

कैदीबन्दीले दैनिक सिदाबापत ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् । 

यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताउनुभयो ।