काठमाडौँ–धादिङमा भूकम्पको धक्का गएको छ ।
शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सो भूकम्पको केन्द्रबिन्दु धादिङको खरी आसपासमा थियो ।
यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।





प्रतिक्रिया