अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको प्रश्न–मुलुकको सञ्चार क्षेत्र र अधिकारकर्मीहरूको चेत फिरेकै हो त ?

महासचिव पोखरेलको प्रश्न–मुलुकको सञ्चार क्षेत्र र अधिकारकर्मीहरूको चेत फिरेकै हो त ?


काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको सञ्चार क्षेत्र र अधिकारकर्मीहरूको चेत फिरेकै हो त भनी प्रश्न गर्नुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्दै उहाँले एमाले सरकारमा हुँदा सामाजिक सञ्जाल नियमन गर्न विधेयक ल्याउँदा माइतीघर मण्डलामा अधिकारकर्मीहरूको थामिनसक्नुको भिड लागेको बताउनुभयो । 

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले  सामाजिक सञ्जाल नियमन गर्न विधेयक ल्याउँदा विरोध गरिएको थियो । 

महासचिव पोखरेलले लेख्नुभएको छ,’नेकपा (एमाले) सरकारमा हुँदा सामाजिक सञ्जाल नियमन गर्न विधेयक ल्याउँदा माइतीघर मण्डलामा अधिकारकर्मीहरूको थामिनसक्नुको भिड लाग्यो । तर अहिले सोही विषय समेटिएको निर्देशिका जारी गरेर सरकार अघि बढ्दा माइतीघर मण्डला शान्त छ ।  मुलुकको सञ्चार क्षेत्र र अधिकारकर्मीहरूको चेत फिरेकै हो त ?’

महासचिव पोखरेलले ढिलै भएपनि सत्य स्थापित गरेकोमा सरकारलाई धन्यवाद दिनुभएको छ ।  निर्देशिका मात्रै सामाजिक सञ्जालको नियमन प्रभावकारी नहुने भन्दै उहाँले छिटोभन्दा छिटो विधेयक ल्याउने माग गर्नुभएको छ ।