अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्राथमिक तहको पाठ्यक्रम स्वीकृत, ८८५ प्रशिक्षक  तयार

एमाले प्राथमिक तहको पाठ्यक्रम स्वीकृत, ८८५ प्रशिक्षक  तयार


काठमाडौँ–नेकपा एमाले केन्द्रीय स्कुल विभागले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ । स्कुल विभागको १७ औँ बैठकले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको हो । 

उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले १४ वटा विषयगत डेस्क निर्माण समेत गरेको विभागका सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । एमालेले तीन तहको पाठ्यक्रम निर्माण गरेर नेता कार्यकर्ताहरुलाई पढाउने तयारी गरेको छ । 

रिजालका अनुसार जसमा प्राथमिक, माध्यामिक र उच्च तह हुनेछ ।  । प्राथमिक तहको जिल्लामा चलाउने, माध्यामिक तहको प्रदेशमा र उच्च तहको केन्द्रमा चलाउने योजना उहाँले बताउनुभयो ।  

यस्तै एमालेले केन्द्रीय तहबाट ८८५ जना प्रशिक्षक समेत तयार पारेको छ । जसमा प्रदेशस्तरमा ४०८ र जनसंगठन तथा केन्द्रीय तहमा चलाएको कार्यक्रममा ४७७ जना प्रशिकहरु तयार भएको एमालेले जनाएको छ । ती प्रशिक्षकहरुले  जिल्ला, प्रदेश तथा संगठन मातहतमा पार्टी प्रशिक्षण दिने छन् ।