अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई नेता रिजालको प्रश्न–आफ्नो संकटलाई गणतन्त्रको संकटका रुपमा किन व्याख्या गरिरहनुभएको छ ?

प्रधानमन्त्रीलाई नेता रिजालको प्रश्न–आफ्नो संकटलाई गणतन्त्रको संकटका रुपमा किन व्याख्या गरिरहनुभएको छ ?


काठमाडौँ–नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो संकटलाई गणतन्त्रको संकटका रुपमा किन व्याख्या गरिरहनुभएको छ भनी प्रश्न गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले आफ्नो संकटलाई व्यवस्थाको संकटका रुपमा नलिन आग्रह गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि व्यवस्थामाथि संकट आएको भन्दै १२ बुँदे पक्षधर पार्टीका नेताहरुको बैठक राख्नुभएको थियो । 

उक्त बैठकमाथि टिप्पणी गर्दै नेता रिमालले भन्नुभयो,’अनावश्यक रुपमा ‘गणतन्त्र खतरामा छ, खतरामा छ’ भनिरहने हो भने भोलि साँच्चै कहीँ कतैबाट गणतन्त्रमाथि खतरा आयो भने पनि ‘यी सधैँ भनिरहन्छन्’ भनेर कसैले नपत्याउने दिन आउनेछ । त्यसैले आफ्नो संकटलाई गणतन्त्रको संकटका रुपमा किन व्याख्या गरिरहनुभएको छ प्रधानमन्त्रीज्यू ?’

पछिल्लो समय माओवादी केन्द्रका नेताहरुले व्यवस्थामाथि खतरा आएको बताउँदै आएका छन् ।