अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खुकुरी प्रहार गरी युवकको हत्या

खुकुरी प्रहार गरी युवकको हत्या


बर्दिया-बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ। गुलरिया नगरपालिका-५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो।

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो। गए राति दुई समूहबीच झगडा भएको थियो। 

झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।