अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाज रुपान्तरणमा सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण : देवेन्द्र दाहाल

समाज रुपान्तरणमा सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण : देवेन्द्र दाहाल



झापा -नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा राष्ट्रियसभामा, नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले नेपाली समाजको रुपान्तरणमा सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।
नेपाली समाजका विभेद, उत्पिडन र निरङ्कुशता अन्त्यका लागि संगीत, गीत तथा सिर्जनाका क्षेत्रको महत्वपूर्ण योगदान रहेको उहाँको भनाई छ । झापाको कमल ६÷७ स्थित गेउरीया बजारमा जनसांस्कृतिक महासंघको संयोजनमा भएको सांस्कृतिक देउसी कार्यक्रममा संवोधनका क्रममा उहाँले सामाजिक सद्भाव र भाइचार अभिवृद्धीका लागि पनि सांस्कृतिक पक्षबाट बलियो योगदान रहेको उल्लेख गर्नु भयो ।


तिहार पर्वले मानिसलाई पशुपञ्छी तथा प्रकृतिसँग समेत जोड्ने भएकाले यसका हरेक दिनको विशिष्ट महत्व रहेको नेता दाहालले बताउनुभयो । बहुसंख्यक नेपालीहरु चाडपर्वको उल्लासमा रमाई रहेका बेला जाजरकोट र रुकुम पश्चिमका नागरिक भुकम्पबाट प्रताडीत भएको उल्लेख गर्दै उहाँले पिडीत परिवारलाई छिटो भन्दा छिटो बसोबासको व्यवस्था मिलाउन र राहत उपलव्ध गराउन समेत उहाँले माग गर्नु भयो ।
एमाले कमल गाउँकमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य मेनुका काफ्ले, प्रदेश सभा सदस्य होमबहादुर थापा, प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी, एमाले जिल्ला सचिव शिव ढुंगेल, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले गीत, नृत्य तथा सांस्कृतिक देउसी प्रस्तुत गरेको जनसांस्कृतिक महासंघ कमलका अध्यक्ष डम्बरबहादुर तामाङ्ले जानकारी दिनुभयो ।
एमाले तथा जनवर्गीय संगठनहरुले हरेक टोल तथा वडाहरुमा समेत सांस्कृतिक देउसी भैलो कार्यक्रम सञ्चालन गरि रहेको एमाले गाउँ कमिटी सचिव हरी ढकालले जानकारी दिनु भएको छ ।