उदयपुर-२१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका-१ बाँस्बोटेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया