अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजाको शुभकामना 

अध्यक्ष ओलीद्वारा नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजाको शुभकामना 


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजाको शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले तिहारको गोवर्धन पूजाको पनि शुभकामना दिनुभएको छ । 

उहाँले लेख्नुभएको छ,’न्हूदँया भिंतुना ११ नेपाल संवत ११४४ को पहिलो दिन आज । तिहारको गोवर्धन पूजा र काठमाडौँ उपत्यकामा प्रख्यात म्हः पूजा पनि आजै । सबैलाई शुभकामना !’  

नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस्तै आजैको दिन नेवार समुदायमा  म्हः (आत्म) पूजासमेत गरिन्छ ।  

यस्तै यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।