अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते


काठमाडौँ–रुपन्देहीमा  यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट दाङ जाँदै गरेको उक्त बस रुपन्देहीमा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बा प्र ०३ ००१ नम्बरको बस गएराति पौने १२ बजे सडकबाट करिब चार ४ मिटर तल पल्टिएको थियो । 

३८ यात्रु सवार बस देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरूको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।